हङकङमा मंगलबार चार नयाँ कोरोना संक्रमित भेटिए, सबै विदेशबाट फर्किएका थिए

हङकङमा मंगलबार चार नयाँ कोरोना संक्रमित भेटिए, सबै विदेशबाट फर्किएका थिए

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १२:२५,

सोमबार यहाँ कोहीपनि कोरोना संक्रमित भेटिएका थिएनन्। आठ दिन लगातार एक अंकको संख्यामा कोरोना संक्रमित देखिएपछि सोमबार शुन्य संक्रमण देखिएको थियो।

मंगलबार पनि एक अंककै संख्यामा नयाँ कोरोना संक्रमित भेटिएका हुन्।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या एक हजार २९ पुगेको छ। त्यहाँ चारजनाको मृत्यु भइसकेको छ।

अमेरिकाबाट हालै फर्किएका दुई व्यक्ति र दुई जना बेलायतबाट फर्किएका व्यक्तिहरु नयाँ कोरोना संक्रमित भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसैबीच हङकङमा कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि लगाइएको प्रतिबन्ध थप १४ दिन बढाइएको छ।

यसै हप्ताको बिहीबार होटल, जिमखान, ब्युटी पार्लर, पब, बार लगायतका मानिसहरु जमघट हुने स्थान खुला हुनुपर्ने थियो।

साथै चारजना भन्दा बढी एक स्थानमा हुन नहुने र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्नुपर्ने नियम पनि सोही समयमा सम्पन्न हुँदै थियो।

यद्यपी कोरोना माहामारीको त्रास अझै नटरेकाले दुई हप्ता प्रतिबन्ध बढाइएको हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मंगलबार बताइन्। प्रतिबन्धका नियमहरु मे ७ सम्म लागू हुनेछ।

विदेशबाट आउने पर्यटकले हङकङमा कोरोना भित्र्याएपछि सरकारले विदेशी पर्यटकका लागि तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।

यद्यपी हङकङले विदेशबाट आफ्नो नागरिक भने फर्काइरहेको छ।

हाल हङकङमा विदेशबाट फर्किने सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था गरिएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .