ad ad

राजनीति


नवनियुक्त डीआईजीहरुलाई गृहमन्त्रीको निर्देशन : विश्वास गरेर बढुवा गरेका हौं, अब काम देखाउनुस्

नवनियुक्त डीआईजीहरुलाई गृहमन्त्रीको निर्देशन : विश्वास गरेर बढुवा गरेका हौं, अब काम देखाउनुस्

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १२:३,

गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त १० प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यममा गृहमन्त्री थापाले राज्यले विश्वास गरेर बढुवा गरेको भन्दै अब काम गरेर देखाउन निर्देशन दिएका हुन्।

१० डीआईजीलाई शुभकामना दिँदै गृहमन्त्री थापाले भने, ‘अहिले हामी कोरोनाविरुद्धको लडाईंमा छौं, यो लडाईंमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गर्नु परेको छ, रणनीति सफल भए हामीले यो लडाईं जित्नेछौँ।’

लकडाउन र सामाजिक दूरीलाई प्रवाभकारी कार्यान्वयन गराउन र सिमानाको कडाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।

‘जनतालाई कुनै समस्या भए तत्काल पुग्नुहोस्। सबै प्रदेशको आआफ्नै विशेषता छन्, त्यसलाई मनन् गर्दै काम गर्नुहोस्’, गृहमनत्री थापाले भने, ‘प्रदेश सरकारसँग राम्रो समन्वय गर्नुहोस्।’

गृहसचिव महेश्वर न्यौपानले सुरक्षाकर्मीबाट हुने गल्तीमा चनाखो हुन आग्रह गरे। उनले भने, ‘एक÷दुई जना सुरक्षाकर्मीले सानो गल्ती गर्दापनि ठुलो विषय बन्छ, गल्ती नहुन नेतृत्वले पनि विशेष चनाखो रहन आवश्यक छ।’ कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुर ज्ञावलीसहित तीनैजना अतिरिक्त महानिरीक्षक एआईजीपनि सहभागी थिए।

चैत २८ गते डीआईजीमा सिफारिस भएका १० एसएसपीको सोमबार पदोन्नति भएको थियो। सातै प्रदेशमा नवनियुक्त डीआईजीले जिम्मेवारी पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .