समाज


जेनजी प्रदर्शनमा घाइते साजन र युवराजको लागि जुट्न थाल्यो सहयोग

जेनजी प्रदर्शनमा घाइते साजन र युवराजको लागि जुट्न थाल्यो सहयोग

नेपालखबर
असोज २, २०८२ बिहिबार २०:३१, काठमाडौँ

जेनजी आन्दोलनमा घाइते भएर वीर अस्पतालमा उपचाररत साजन रोकाया र युवराज उपाध्यायलाई सहयोग जुट्न थालेको छ।

बुधबार नेपालखबरले उनीहरूका समस्याबारे रिपोर्ट प्रकाशन गरेपछि स्वतःफूर्त सहयोग आउन थालेको हो।

बाजुराको बुढीनन्दा घर भएका साजनलाई जेनजी आन्दोलनमा ४ गोली लागेका छन्। त्यसैगरी, कैलालीको जानकी गाउँपालिकाका युवराजलाई पनि २ वटा गोली प्रहार भएको थियो। दुवै जनाको आर्थिक अवस्था कमजोर हुँदा परिवारसमेत काठमाडौं आउन सकेको छैन। 

नेपालखबरले ‘परिवार आउन सकेन, साथीभाइ फर्के, अस्पतालमा एक्लै छन् गोली लागेका यी घाइते’ शीर्षकमा स्टोरी प्रकाशित गरेको थियो। त्यो स्टोरी पढेपछि अमेरिका बस्दै आएका सगुन थापा मगर र संगीता तामाङले दुवै जनाका लागि १०-१० हजार आर्थिक सहयोग गरेका छन्। जुन रकम बिहीबार घाइतेहरूलाई अस्पतालको शय्यामै हस्तारण गरिएको छ। त्यस्तै, सहयोगको लागि अरू पनि भेटने आउने गरेको उनीहरूले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad