समाज


सिंहदरबारमा रङ लगाउन थालियो (तस्बिर)

सिंहदरबारमा रङ लगाउन थालियो (तस्बिर)

सरोज नेपाल
असोज २, २०८२ बिहिबार १४:५३, काठमाडौँ

सिंहदरबार रङरोगनको काम सुरु गरिएको छ। भदौ २४ गतेको जेनजीको आन्दोलनको क्रममा आगोलागीका कारण कालो भएका मन्त्रालयहरूको बाहिरी भागमा रङ लगाउन सुरु गरिएको हो।  

अहिले सिंहदरबार परिसरमा रहेको ऊर्जा, अर्थसहितका विभिन्न मन्त्रालयहरूमा रङरोगनको काम भइरहेको छ। 

बाहिरको भागमा रङ लगाइसकेपछि भित्रिभागको काम सुरु हुने पनि बताइएको छ।  
 
आइतबारमात्रै मन्त्री कुलमान घिसिङले ध्वस्त सिंहदरबारको अवलोकनको क्रममा 'हाम्रा संरचना हामी आफैँ बनाऔं' भन्ने अभियानमार्फत सिंहदरबार पुनर्निर्माणको काम पनि अघि बढ्ने बताएका थिए। 

यसका लागि उनले स्वदेश र विदेशमा भएका नेपालीहरूबाट सहयोग लिने पनि बताएका थिए। उनका अनुसार सहयोग रकम संकलनका लागि अर्थमन्त्रालयले छिट्टै खाता नम्बर सार्वजनिक गर्नेछ।  

उनले अवलोकनको क्रममा थोत्रो कार्यालय देखाएर हुँदैन भित्र पछि गर्ने पहिले बाहिरको भाग चिटिक्क बनाउने भनेर निर्देशन दिएका थिए। 

त्यस्तै आगोलागीले ध्वस्त सवारी साधनलाई सिंहदरबारबाट हटाएउन पनि उनले निर्देशन दिएका छन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad