सशस्त्र प्रहरी बल (एपीएफ) जेनजीको प्रदर्शनका क्रममा केही व्यक्ति र समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, संचारसाधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
सशस्त्रले एक अनुरोध पत्र सार्वजनिक गर्दै केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनेको हो।
त्यस्तै त्यस्ता सामान कसैले लुकाएर राखेको भए सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा जानकारी गराउन पनि सशस्त्रले अनुरोध गरेको छ।

75
Shares

प्रतिक्रिया