ad ad

समाज


भारतमा १० वर्षका नेपाली बालकलाई १० दिनपछि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि

भारतमा १० वर्षका नेपाली बालकलाई १० दिनपछि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार २:३,

भारतको बैंग्लोरमा १० वर्षका नेपाली बालकलाई पनि कारोना संक्रमण पुष्टि भएको छ। अहिले उनको त्यहींको भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ।

ती बालकको नमुना परीक्षणका क्रममा एक साताअघि नै कोरोना संक्रमण रहेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ती बालक नेपालमा बझाङ चैनपुरीका हुन्। अहिले उनको अवस्थामा सामान्य रहेको बताइएको छ।

यसअघि चैतमा उनका बुबाआमालाई नै कोरोना संक्रमण भएको थियो। आमाबुवा भने उपचारपछि निको भइसकेका छन् ।

सुरुमा उनका आमालाई कोरोना भएपछि स्थानीय प्रशासनले उनका बुबासहित परिवारका सबै सदस्यलाई तत्कालै आइसोलेसनमा राखेर परीक्षण गरिएको थियो। त्यस क्रममा उनका बुबालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण नदेखिए पनि चार छोराछोरीलाई क्वारेन्टिनमै राखिएको थियो। १० दिनपछि पुन: परीक्षण गर्दा ती १० वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।

योसँगै भारतमा कोरोना संक्रमण भएका नेपालीको संख्या १६ पुगेको छ। तीमध्ये तीन जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .