ad ad

समाज


पोखराबाट पैदलै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई क्वारेन्टाइनमा राखियाे

पोखराबाट पैदलै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई क्वारेन्टाइनमा राखियाे

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार २:१,

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी एक सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आएकी उनी आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ पुगेकी थिइन्।

गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखेको हो। उनका श्रीमान् पनि सँगै छन्।

उनीहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ। उनीहरुका लागि आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताए।

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएपछि हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताइन्।

बागलुङमा उनीहरुजस्ता ५२ मजदूरको आइतबार उद्धार गरिएको थियो। सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ।

सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले जानकारी दिए।

पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइरहेका छन्।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए। रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले जानकारी दिए।

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गर्दै आएका मजदुरले काम पाउन छाडेपछि घर फर्केको बताएका छन्।

‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियौँ, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौंँ।’ रोल्पा गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भने, ‘घरै गए खेती गरेर खाऔंँला भन्ने लागेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .