समाज


जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०८२ आइतबार ११:८, काठमाडौँ

जेनजी आन्दोलनमा मारिने ५५ जनामध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत भएकाे छ। 

यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्युसँगै मारिनेकाे संख्या ५५ पुगेकाे नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्। आन्दोलनका क्रममा झण्डै एक हजार पाँचसय घाइते भएका छन्। 

आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेनजीतर्फ २१ जना, कैदी नौ जना, प्रहरीतर्फ तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

आन्दोलनका क्रममा अन्य १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेरसहितका कारणले मारिएका छन्। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ। 

टिचिङ अस्पतालमा १८ शवको पोस्टमार्टम
त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अस्पतालमा अहिलेसम्म आएका
४० मध्ये १८ वटा शवको मात्रै पोस्टमार्टम भएको छ। त्यसमध्ये १४ शव मृतकका परिवारलाई शव हस्तान्तरण गरिएको छ।

पोस्टमार्टम भएका अन्य चारवटा शव लिन परिवारका सदस्य नआएकाले हस्तान्तरण भएको छैन। हस्तान्तरण गरिएका १४ शवमध्ये प्रहरीतर्फका तीन छन्। 

पोस्टमार्टम भएका ११ जना जेनजीसहित १४ वटा शव परिवारका सदस्यले लगेका हुन्। 

यी हुन् शवको सनाखत भएका ४१ जना

जेनजी आन्दोलनमा ५५ जनाको मृत्यु भए पनि अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। 

श्रीयम चौलागाइँ, आयुष थापा (नेपालगन्ज), सुलभराज श्रेष्ठ (बाँके), बुद्धिबहादुर तामाङ (कीर्तिपुर), गौरव जोशी (धनगढी), सन्तोष विक (उदयपुर), ईश्वरबहादुर अधिकारी (वनस्थली, काठमाडौँ), योगबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को सनाखत भएको छ। उनीहरुको ट्रमा सेन्टरमा मृत्यु भएको हाे।

त्यसैगरि साजन राई (धरान) को नेपाल कोरिया मैत्री अस्पताल र गोपाल सेढाईं (झापा) को बीएन्डसी अस्पतालमा मृत्यु भएको छ।

यस्तै रसिद खतिवडा, छत्रमान कुसुमी (धनकुटा), राजेशसिंह गोला (भारतीय नागरिक), अनिश पराजुली (गोरखा), सन्तोष राई (उदयपुर), अर्जुन भट्ट (गोरखा), धीरज श्रेष्ठ (काठमाडौँ), देवबहादुर सुवेदी (सर्लाही), उमेश महत (सिन्धुपाल्चोक), प्रवीण गुरुङ (सङ्खुवासभा), निकिता गौतम (चितवन), अविशेक चौलागाईं (दोलखा), विजय चौधरी (सिरहा), महेन्द्र परियार (काठमाडौँ) को पनि सनाखत भएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा मृत्यु हाे।

त्यसैगरी पारुहाङ उथुमी राई (धनकुटा), निश्चिल सारूमगर (अर्घाखाँची), विमल भट्ट (गोरखा) को सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सौरभकिशोर श्रेष्ठ र सुसन बोहरा (बझाङ) को केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएकाे हाे। विनोद महर्जन (ललितपुर), दिलनारायण तामाङ (काभ्रे), योगेन्द्र न्यौपाने (भक्तपुर) को एभरेस्ट अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

यस्तै अभिशेक श्रेष्ठ (इटहरी), मोहन सरदार (इटहरी) को बिपी अस्पताल धरानमा मृत्यु भएकाे छ। प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको प्रहरी अस्पताल काठमाडाैँमा मृत्यु भएकाे हाे।

त्यसैगरि प्रहरी सहायक हबल्दार अमृत गुरुङकाे बीएन्डबी, महेश बुढाथोकी (दोलखा) र सरोज खत्री (काभ्रे)काे पाटन अस्पतालमा मृत्यु भएकाे छ। वीरसिंह धामी (बझाङ) को वीर अस्पताल र सरोज गुरुङ (भरतपुर) को पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

सनाखत नभएका अन्य शवकाे पनि सनाखतकाे प्रयास भइरहेकाे प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad