समाज


आज यी प्रदेशका यी स्थानमा भारी वर्षा हुने सम्भावना

आज यी प्रदेशका यी स्थानमा भारी वर्षा हुने सम्भावना

नेपालखबर
भदौ २८, २०८२ शनिबार ७:४४, काठमाडौँ

आज दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको प्रक्षेपणअनुसार,

आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad