समाज


प्रहरीबाट लुटेका २६८ थान हतियार सेनाद्वारा बरामद

प्रहरीबाट लुटेका २६८ थान हतियार सेनाद्वारा बरामद

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १६:४८, काठमाडौँ

काठमाडौँमा भएको जेनजीको आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार नेपाली सेनाले बरामद गरेको छ।  भदौ २३ र  २४ गते काठमाडौँसहित देशभरको प्रदर्शनमा प्रहरी कार्यालय तथा सुरक्षाका लागि खटिएका प्रहरीको साथमा भएको हतियार आन्दोलनकारीले लुटेका थिए। 

सिन्धुली जिल्लाको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल–१ काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको नेपाली सेनाले जनाएको छ।

हालसम्म विभिन्न स्थानहरुबाट २६८ नाल हतियारहरू बरामद भएको पनि सेनाले स्पष्ट पारेको छ। 

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी लुटिएका वा फेला पारेका हतियार सुरक्षा निकायलाई बुझाइदिन आग्रह गरेका छन्।

जेनजी आन्दोलनका क्रममा देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad