समाज


इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका थापा साउदी अरेबियाबाट पक्राउ

नेपालखबर
भदौ २३, २०८२ सोमबार २२:२, काठमाडौँ

नेपाल प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक जना प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ। 

पक्राउ पर्नेमा पर्वत साविक बेउलीबास गाविस–३ ठेगाना भएका दीपक सारू थापा भन्ने खिमबहादुर थापालाई एनसीबी रियाद साउदी अरेबियाको समन्वयमा साउदी अरेबियामा पक्राउ गरी नेपाल ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे जानकारी दिए। 

थापासमेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्मकैद (२० वर्ष) सजाय ठहर भई वारदातपश्चात फरार रहेकाले निज पक्राउ गरी नेपाल ल्याइएको उनले बताए। 

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका थापालाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिआएका प्रहरीलाई बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad