सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको समूह ‘जागौँ नेपाल अभियान’ ले सोमबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न अनुमति पाएको छ।
भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको सो समूहले जनाएको छ।
समूहका संयोगक सबल गौतम र पुरुषोत्तम यादवले सो जानकारी दिएका हुन्।
स्वतन्त्र युवाहरूको समूहले यही भदौ २३ गते (सोमवार) माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्ने जनाएको छ।
सरकारले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जाल दर्ता हुन नआएको भन्दै निस्क्रिय पारेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सो निर्णयको विरोधमा छन्।
सोमबार बिहान ११ बजे हुने प्रदर्शनका विषयमा उक्त पुस्ताले सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड चलाइरहेका छन्।
सोमबार माइतीघरमा विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’ ले आग्रह गरेको छ।
‘जेनजी’ (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्ता) ले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने उल्लेख गरेका छन्।
देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम, रोजगारी सिर्जनालगायत माग उनीहरूले राखेका छन्।
Shares

प्रतिक्रिया