राजनीति


भोलि हुने जेनजीको प्रदर्शनमा बालेनको समर्थन

भोलि हुने जेनजीको प्रदर्शनमा बालेनको समर्थन

नेपालखबर
भदौ २२, २०८२ आइतबार १५:५९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्।  

सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको बताएका हुन्। 

उनले जेनजीहरू २८ वर्ष मुनिहरू हुने र आफू त्यो भन्दा बुढो देखिने भन्दै जेनजीहरूको कुरा बुझ्न मन लागेको पनि बताएका छन्। 

त्यस्तै उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा जान नमिले पनि समर्थन रहेको भनेका हुन्।  

'भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजी को हो?, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,' उनले भनेका छन्,'म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’ 

बालेनले जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि गरेका छन्। उनको प्रश्न छ, 'प्रिय जेनजी भन्नुस्- तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’

भोलि सोमबार काठमाडौँको माइतीघरमा जेनजीले सामाजिक सञ्जाल विरोधसँगै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्दैछन्। यसका लागि सामाजिक सञ्जाल टिकटकमा अभियान नै चलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad