समाज


प्रदेशमन्त्रीको गाडीको ठक्करले घाइते बालिका २ घण्टा अस्पताल बसेर डिस्चार्ज

प्रदेशमन्त्रीको गाडीको ठक्करले घाइते बालिका २ घण्टा अस्पताल बसेर डिस्चार्ज

नेपालखबर
भदौ २१, २०८२ शनिबार १७:३६, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)को विधान महाविधेशनमा जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिबा अस्पतालबाट डिस्चार्ज भएकी छन्।

शनिबार बिहान विधान महाविधेशनमा सहभागी हुन ललितपुरको गोदावरीतर्फ जाँदै गरेका प्रदेशमन्त्री राना सवार गाडीले ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ती बालिबालाई ठक्कर दिएको थियो। 

त्यसपछि उनलाई ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा लगिएको थियो। ११ वर्षकी ती बालिबाको चेकजाँच गरिएको थियो। उक्त परीक्षणबाट सबै सामान्य देखिएपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले बतायो। 

‘उहाँ डिस्चार्ज भएर जानुभयो,’ अस्पताल प्रशासनले नेपालखबरसँग भन्यो, ‘बिहान २ घण्टाजति उहाँ अस्पतालमा बस्नुभयो। त्यसपछि ११ बजेतिर डिस्चार्ज हुनुभयो।’ 

दुर्घटनामा पर्दा बालिबाको बाहिरी अनुहार धस्सेको पाइएको र अरु सामान्य रहेको अस्पतालको भनाइ छ। ‘टाउको, अनुहार र शरीरको अन्य भागको सिटी स्क्यान, भिडियो एक्सरे र एक्सरे सबै भएको थियो,’ अस्पताल प्रशासनले भन्यो, ‘सबै नर्मल देखाएको थियो।’

चोट सामान्य भएका कारण ती बालिबा ‘फलोअप’ जाँचमा पनि आउनुनपर्ने अस्पतालले बताएको छ।

जेब्रा क्रसिङमै ठक्कर दिएको थियो मन्त्रीको गाडीले
दुर्घटना स्थलमा रहेको सीसीटीभी फुटेमा जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी ती बालिबालाई मन्त्री रानाको गाडीले ठक्कर दिएको थियो। तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिँदा पनि गाडी नरोकी अघि बढेको थियो। 

गाडीले बालिबालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए। त्यसका कारण एमाले विधान महाधिवेशनसमेत केही केही बेर ढिला सुरु भएको थियो। 

आलोचना भएपछि ओलीको जवाफ
ठक्कर दिएर पनि गाडी नरोकेको भन्दै स्थानीय आक्रोसित भएका थिए। त्यसको सीसीटीभी फुजेट सञ्चारमाध्यममा सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको थियो। 

त्यसपछि यो विषयलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सम्बोधन गर्नु परेको थियो। उनले यस्तो दुर्घटना भवितव्यमा हुने भन्दै त्यसलाई ठूलो विषय बनाउन नहुने बताएका थिए। 

साथै एमालेले बालिबाको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने बताएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad