समाज


अटो नदीमा खस्दा वेपत्ता २ किशोरीको शव भेटियो, महिलाको खोजी जारी

अटो नदीमा खस्दा वेपत्ता २ किशोरीको शव भेटियो, महिलाको खोजी जारी

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १०:३१, काठमाडौँ

दार्चुलामा सोमबार अटो नदीमा खस्दा बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ। 

नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा सोमबार साँझ होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म‍.१ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव ५० फिट तल नौगाड खोलामा खसेको थियो।

अटोमा सवार ५ जना यात्रुमध्ये सोही ठाउँकी १२ वर्षीया आरुषा धामी र १७ वर्षीया भागा धामीको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेश थापाले जानकारी दिए। 

आरुषाको शव घटनास्थल नजिकैबाट र भागाको शव नदीले बगाएर लगेको अवस्थामा करिव ७ किलो मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ। 

बेपत्ता यात्रीको खोजीमा सशस्त्र प्रहरी बल, चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दा खटिएका थिए। वेपत्ता ४७ वर्षीया चाखुरी देवी धामीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।  

दुर्घटनामा परेको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परि घाइत भएका सोही ठाउँका १६ वर्षीय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको छ। 

दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त र नेपाल प्रहरिको सुरक्षा फौज परिचालन गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad