समाज


पत्रकार महासंघ ललितपुरले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तक विमोचन

पत्रकार महासंघ ललितपुरले प्रकाशन गरेको ‘मार्गदर्शक’ पुस्तक विमोचन

नेपालखबर
भदौ १४, २०८२ शनिबार २०:४४, काठमाडौँ

नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले प्रकाशन गरेको  ‘मार्गदर्शक’ पुस्तकको आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ। 

ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरुबाट सामूहिकरुपमा पुस्तकको विमोचन गरिएको हो। 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशसभा सदस्य उर्मीला लामा, ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन्। 

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध पत्रकारहरुका यसैवर्ष एसईई र प्लसटु उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो। 

त्यसैगरि पत्रकार महासंघ ललितपुर शाखाको संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा पत्रकार महासंघ ललितपुरको स्थापनादेखि हालसम्म नेतृत्वमा रहेका अध्यक्षहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा कांग्रेस नेता राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे। 

उनले अहिले डिजिटलमाध्यमबाट समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि  थपिएको बताए। सन्तनेता कृष्णप्रसाद भट्टराईले सुरु गरेको पत्रकार महासंघको इतिहासलाई जीवन्त राख्न महासंघ ललितपुर शाखाले गरेको योगदानको प्रशंसा गरे।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रकी नेतृ उर्मिला लामाले महासंघले प्रकाशन गरेको पुस्तकले इतिहासको संरक्षण गरेको बताइन्। उनले सम्मानित हुने सम्पूर्ण विद्यार्थीको उज्ववल भविष्यको कामना गरिन्। 

कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्। 

पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको ललितपुर शाखा काठमाडौँ उपत्यकाको उत्कृष्ट शाखाको रुपमा स्थापित भएको बताइन्। उनले अनलाइन पत्रपत्रिका दर्ता सम्बन्धमा देखिएका समस्या समाधानका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएको जानकारी दिइन्। 

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले ललितपुरको पत्रकारिताको इतिहासलाई समेटेर पुस्तक प्रकाशन गरेकोमा महासंघ ललितपुर शाखालाई धन्यवाद दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad