समाज


जनकपुरमा दुई समुदायबीच विवाद

जनकपुरमा दुई समुदायबीच विवाद

नेपालखबर
भदौ १४, २०८२ शनिबार २०:३, जनकपुर

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० स्थित झण्डा चोकमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भई ढुंगामुढा भएको छ।

शनिबार गणेशको मुर्ति विसर्जनका लागि हिन्दु समुदायका करिब २५०-३०० जना सहभागीको समूह मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ। 

विवाद तीव्र बन्दै गएपछि करिब ५०-६० जना मुस्लिम समुदायका व्यक्तिहरू पनि भिडमा सहभागी भएपछि दुवै पक्षबीच ढुंगामुढा भएको हो। यस घटनामा एक जना स्थानीय घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीको टोलीले केही राउण्ड अश्रु-ग्यास प्रहार गरेको थियो भने सशस्त्र प्रहरी बलले पनि २ वटा ग्यास सेल फायर गरेको जनाइएको छ। 

थप तनाव रोक्नका लागि प्रस्तावित सीमा सुरक्षा गुल्म, जटहीबाट कमाण्डर सप्रनाउको नेतृत्वमा ७० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटाइएको छ।

हाल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको र थप सम्भावित झडप रोक्न सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad