‘मिस नेपाल वर्ल्ड २०२५’ को उपाधि लुना लुँइटेलले जितेकी छिन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको फिनालेमा उनले ताज पहिरिइन्।
उनलाई मिस नेपाल वर्ल्ड २०२४ आस्माकुमारी केसीले ताज लगाइदिइन्। त्यसैगरि, मिस नेपाल अर्थको उपाधि सोनी घले र मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी भने घोषित भइन्।
आयोजक संस्था हिडन ट्रेजरले यस वर्षबाट ‘मिस कोस्मो’ को उपाधि समेत थप गरेको थियो। जुन उपाधि दीपशिखा नेपालले जितिन्।

यससँगै उनले आगामी वर्ष विभिन्न सामाजिक अभियानमा सहभागी भई मिस नेपालको प्रतिनिधित्व गर्नेछिन् र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रस्तुत गर्ने अवसर पाउनेछिन्।
यो वर्षको प्रतिस्पर्धामा देशभरका युवतीहरुको व्यापक सहभागिता थियो। काठमार्डौँसहित देशका विभिन्न सहरमा आयोजना गरिएका अडिसनबाट २६ जना प्रतिस्पर्धी फाइनलमा छानिएका थिए।
उनीहरूले सौन्दर्य, प्रतिभा, बौद्धिक क्षमता र व्यक्तित्व विकाससम्बन्धी विभिन्न चरण पार गरेर फाइनलसम्मको यात्रा पूरा गरेका थिए।
Shares

प्रतिक्रिया