जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना विद्यार्थी नेताहरूलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा समाजवादी विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मनीषकुमार यादव, केन्द्रीय सदस्यहरू विपिनकुमार यादव र सुभाष यादव रहेका छन्।
प्रहरीले उनीहरूलाई शनिबार आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा पक्राउ गरेको हो। उनीहरूले विवादित भूमि विधेयक फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
पक्राउ परेका विद्यार्थी नेताहरूलाई हाल डिएसपी कार्यालयमा राखिएको छ र उनीहरूविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यस घटनापछि विद्यार्थी संगठनका अन्य सदस्यहरूले गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्यविपरीत रहेको आरोप पनि लगाएका छन्।
Shares

प्रतिक्रिया