समाज


स्विमिङपुलमा डुबेर ३३ वर्षीय युवकको मृत्यु

स्विमिङपुलमा डुबेर ३३ वर्षीय युवकको मृत्यु

नेपालखबर
भदौ १४, २०८२ शनिबार १२:३६, काठमाडौँ

झापामा स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।

बिर्तामोड-३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाईको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

प्रसाईं शुक्रबार राति बिर्तामोड-१० बस्ने ३३ वर्षीय केशब शिवाकोटीसँगै पौडी खेल्न गएका थिए। बिर्तामोड २ मा जीवन ढुंगानाले संचालन गरेको ग्रिन पार्कको कम्पाउण्ड भित्र रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनी ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन्।

राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगि अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad