समाज


गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा ३८ वर्षीय युवकको मृत्यु

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १३:२७, काठमाडौँ

ललितपुरको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। 

बुधबार दिउँसो गोदावरी नगरपालिका-१ दमाइटारस्थित सडकमा बागमती प्रदेश ०२-०२२ प ०२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-२ बस्ने ३८ वर्षीय दिपक बिष्ट गम्भीर घाइते भएका थिए।

उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad