समाज


उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १६:२२, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाएका छन्।

मंगलबार काठमाडौँको माइतीघर मण्डलामा पुगेर उनले किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे।

भट्टराईले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे।

‘लामो समयको आन्दोलनपछि किसानहरुलाई प्रतिक्विन्टलमा ७० रुपैयाँका दरले किसानहरुलाई अनुदान दिने कुरा भएको थियो, त्यो पनि किसानहरुको ठूलो आन्दोलनको कारणले हो,’ भट्टराईले भने, ‘त्यो घटाएर ३५ रुपैयाँ पुर्‍याउने अनि त्यो पनि समयमा नदिने अरे। अनि सरकारले एक्लौटी गर्न मिल्छ? यो त किसानहरुमाथि बदमासी र ठगी भएन? त्यसकारण किसानहरुको यो अभियान जायज छ। तर यसरी तपाईहरू मेहेनत गर्ने किसान यहाँ आएर संघर्ष गर्नु दुःखद् छ।’

‘सबै घरपरिवार र वस्तु भएपनि हेर्नुपर्ने हुन्छ, जनतासँग जोडिराख्नुपर्छ। नत्र बिर्सिन्छन् भनेर यहाँ आएको हो। नत्र बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्थे नि। तपाईहरू दरोसँग उभिन आग्रह गर्दछु। किसान एकता महत्वपूर्ण कुरा हो,’ उनले थपे।

मधेस प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad