कारोबार


४ अर्बको सेयर किनबेच, सामान्य अंकले बढ्यो नेप्से

४ अर्बको सेयर किनबेच, सामान्य अंकले बढ्यो नेप्से

नेपालखबर
भदौ १०, २०८२ मंगलबार १६:२२, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।

आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १७, जलविद्युत् शून्य दशमलव ०७ र जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव १३, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ४२ प्रतिशतले बढेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ४८ करोड ९५ लाख ७८ हजार २२४ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को छ लाख ५२ हजार ८२ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad