रौतहटमा १० वर्षीया सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छन्।
फतुवा बिजयपुर नगरपालिकाको वडा न ५ सन्तपुर दोस्तियाकी ति बालिकामाथि बिहीबार राति सोही वडाको ५५ वर्षको वारिस अन्सारीले बलात्कार गरेको प्रहरीले जनाएको छ।
बालिकाकी आमाले अन्सारीलाई घटना स्थलमै देखे पछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए। घटना पछि शुक्रबार पिडकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाका प्रहरी निरिक्षक चन्द्र किशोर साहले जानकारी दिए।
लक डाउनको बेला रौतहटमा यो तेश्रो बालिका बलात्कार भएको घटना हो।
प्रतिक्रिया