ad ad

समाज


मोटोपनले बढाउँछ कोरोनाबाट गम्भीर बिरामी पर्ने जोखिम

मोटोपनले बढाउँछ कोरोनाबाट गम्भीर बिरामी पर्ने जोखिम

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १०:१७,

वृद्ध उमेरपछि मोटोपन भएका मानिसहरुमा कोरोना भाइरसको सबैभन्दा बढी गम्भीर संक्रमण देखिने गरेको एक प्रारम्भिक अध्ययनले देखाएको छ।

वृद्धवृद्धा र दीर्घरोगी कोरोनाबाट गम्भीर बिरामी पर्ने गरेका छन्। यी समूहमा मृत्युदर पनि सबैभन्दा उच्च छ।

मोटोपन हुनेहरुमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ। तथापि, अन्य कुनै रोग नभए पनि मोटोपन हुनेहरुमा अस्पताल भर्ना हुने दर उच्च रहेको यो अध्ययनले जनाएको छ।

न्युयोर्क युनिभर्सिटी ल्याङवान हेल्थमा मार्च १ देखि अप्रिल २ सम्म उपचार गराएका ४ हजार कोरोना संक्रमितको तथ्यांक विश्लेषणपछि सो निश्कर्ष निकालिएको हो।

‘कोरोनाका बिमारी अस्पताल भर्ना हुनमा क्यान्सर र मिर्गौला रोगभन्दा मोटोपन बढी महत्वपूर्ण देखियो,’ सो अध्ययनकी एक लेखक डा. लियोरा हार्वित्जले भनिन्।

त्यस्तै, मोटोपनले कोरोनाबाट मृत्यु हुने जोखिम पनि बढाउने उनले बताइन्। यद्यपि, यो दर कम रहेको उनको भनाइ छ।

खासगरी अन्य कुनै रोग नलागेका तर मोटोपनको समस्या भएकामा कोरोना संक्रमणको गम्भीर लक्षण देखिने गरेको चिकित्सकहरुले बताएका छन्।

चीन, फ्रान्सलगायत अन्य मुलुकमा भएका ससाना अध्ययनले पनि यो निश्कर्ष सही भएको देखाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .