समाज


डुबेर हुने मृत्यु कसरी न्यूनीकरण गर्ने?

नेपालमा वर्षेनी पानीमा डुबेर झण्डै एक हजारको मृत्यु हुने गरेको तथ्यांक
डुबेर हुने मृत्यु कसरी न्यूनीकरण गर्ने?

नेपालखबर
भदौ ४, २०८२ बुधबार ८:२०, काठमाडौँ

पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा. भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताएकी छन्। उनले डुबेर मर्ने समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको उनको भनाई छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले यस्तो बताएकी हुन्।

‘डुबेर हुने मृत्यु एक अकालको मृत्यु हो। यसको रोकथामका लागि नीति  निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन,’ उनले भनिन्। सेढाइँले नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आइरहेकी छन्। 

कार्यक्रममा अनुसन्धानकर्ता डा.पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। 

कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थिति थियो। 

त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु नेपालमा विकराल समस्या भइसकेको भन्दै चिन्ता व्यक्त गरे। 

कार्यशालाको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। ‘डुबेर हुने मृत्य घटाउनका लागि मन्त्रालय र सरोकारवाला निकायबीच  समन्वयात्मक सहकार्य जरूरी छ,’ उनले भने

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो। प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यसप्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad