ad ad

समाज


काेराेना शंकास्पद दुई नमूना थप परीक्षणको लागि चितवनबाट काठमाडौँ पठाइयो

काेराेना शंकास्पद दुई नमूना थप परीक्षणको लागि चितवनबाट काठमाडौँ पठाइयो

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ३:२,

चितवनको भरतपुर कोभिड-१९ प्रयोगशालामा परीक्षणका क्रममा दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ।

बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।

बुधबार र्‍यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो।

उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ।

चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्। निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .