ad ad

समाज


बेलायतमा अर्का पूर्व गोरखा सैनिकको पनि कारोनाबाट मृत्यु

बेलायतमा अर्का पूर्व गोरखा सैनिकको पनि कारोनाबाट मृत्यु

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १:५१,

कोरोना संक्रमणको कारण बेलायतमा थप एकजना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ।

लण्डनको न्यू माल्डेनमा बस्दै आएका पाल्पा घर भएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो। यो सँगै कोरोनाका कारण बेलायतमा मृत्यु हुने नेपालीको सङ्ख्या १३ पुगेको छ।

स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो। पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँ सरेका थिए।

पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .