राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवार कागरागारबाट काठमाडौँ ल्याइएको छ।
काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल ओयल निगमको बाटो हुँदै नख्खु कारागार लगिएको छ।
उनलाई बुद्ध एयरको विमानबाट काठमाडौँ ल्याइएको हो। उनलाई स्वागत गर्न रास्वपाका नेता र कार्यकर्ता विमानस्थलमा भेला भएका थिए।
गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ ल्याउन तयार भएको हो।
216
Shares

प्रतिक्रिया