नेपालमा पहिलोपटक दिपलका ‘फ्लाइङ ट्याक्सी’ र ‘अत्याधुनिक युनिट्री रोबोट्स’ आइपुगेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यी दुवै उत्पादन शनिबार काठमाडौँमा आइपुगेका हुन्।
यी दुवै उत्पादन पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार भएको र नाडा अटो सो २०२५ मा राखिने नाडाले बताएको छ।
तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरुलाई पार गर्दै कारलाई काठमाडौँ ल्याइएको नाडाले बताएको छ।
नाडाले एक विज्ञप्ति जारी यसको प्रदर्शनका कारण १७औं संस्करणको नाडा अटो सोले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने उल्लेख गरेको छ।
नाडा अटो सो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुँदै छ।
708
Shares

प्रतिक्रिया