समाज


एमबीबीएस र बीडीएसको सिट बढ्यो, कुन कलेजमा कति?

एमबीबीएस र बीडीएसको सिट बढ्यो, कुन कलेजमा कति?

चिकित्सा शिक्षा आयोगको २१ औैँ बैठक। तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
साउन २९, २०८२ बिहिबार १५:४३, काठमाडौँ

चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सिट संख्या बढाउने निर्णय गरेको छ। आयोगको बिहीबार बसेको २१ औँ बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको हो। 

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शमा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो। बैठकले १ सय सिट रहेको एमबीबीएसको १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिट दिने निर्णय गरेको छ। 

मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।

सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।

प्रधानमन्त्रीको सचिवालयले आयोगको सिट निर्धारण समितिको सिफारिस  विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको बताएकोछ । 

एमबीबीएस र बीडीएसको सिट संख्या बढाउन निजी मेडिकल कलेज सञ्चालकहरुले दवाव दिदै आएका थिए। गत चैत २१ गतेदेखि एमडी एमएस गर्ने चिकित्सकको आठौँ तह बराबरको निर्वाह भत्ता दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए। 

जसमा निजी निजी मेडिकल कलेज सञ्चालकहरुले सिट संख्या र शुल्क बढाउनु पर्ने सर्त राखेका थिए।

वैशाख ३ गते बसेको आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले शुल्क र सिट पुनर्मूल्यांकन गर्न सकिने जनाएको थियो। सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै एमबीबीएसको सिट संख्या बढाउने उल्लेख गरेको थियो । 

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad