प्रविधिको विकाससँगै प्रविधिको प्रयोग गरेर हुने आर्थिक अपराधका घटनासमेत बढ्दै गएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले नविनतम आर्थिक अपराध र साइबर अपराधका घटनामा वर्षैपिच्छे बढोत्तरी भइरहेको जनाएको छ।
प्रहरीमा दर्ता हुने आर्थिक अपराधमध्ये अत्याधिक घटना ‘बैंकिङ कसुर’ सम्बन्धी रहेको प्रहरीको तथ्यांकले देखाएको छ।
बुधबार प्रहरी परिसरका वार्षिक गतिविधिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारीले प्रहरीमा सबैभन्दा धेरै आर्थिक अपराधका घटना दर्ता हुने र त्यसमध्ये अधिकांश बैंकिङ कसुरका रहेको बताए।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷८२ मा बैंकिङ कसुरका ६५५३ घटना दर्ता भएका छन्। जबकी यही वर्ष सहकारी ठगीका ३२, अनुचित लेनदेनका ३०, विद्युतीय कसुर, साइबर अपराधका २३, हुण्डिका १८ र अभौतिक मुद्रासम्बन्धी १२ वटा घटना जिल्ला प्रहरी पसिर काठमाडौँमा दर्ता भएका छन्।
यि घटनाहरू वर्षेनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ कसुरका ५७०१, सहकारी ठगीका २६, अनुचित लेनदेनका ९, विद्युतीय कसुर, साइबर अपराधका ११, हुण्डिका ८ र अभौतिक मुद्रासम्बन्धी २ वटा घटना दर्ता भएका छन्।
गत आर्थिक वर्ष जिल्ला प्रहरी पसिर काठमाडौँमा कर्तब्य ज्यानसम्बन्धी २५ तथा आत्महत्याका ३३२ वटा घटना दर्ता भएका छन्। ज्यान सम्बन्धी सबै मुद्दामा अनुसन्धान टुंग्याएको प्रहरीले जनाएको छ।
यो वर्ष लागुऔषध मुद्दाका ४३१ घटनामा ७२५ जना पक्राउ परेका प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया