सुनचाँदी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सुन, बहुमूल्य धातुमा सरकारले लगाएका करहरुबारे ध्यानाकर्षण गराएका छन्।
चालू आर्थिक वर्षबाट लागू भएको सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याटको विषयमा सुनचाँदी व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
व्यवसायीमैत्री नीति तथा निर्देशिका निर्माण लगायतका विषयहरूको दीर्घकालीन समाधान गर्न उनीहरुले माग गरेका थिए।
प्रधानमन्त्रीसँग नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेट गरेको हो।
भेटका क्रममा प्रधानमन्त्रीज्यूले उठाइएका समस्याहरू सम्बन्धित मन्त्रालयमार्फत गम्भीर रूपमा अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासंघले जानकारी दिएको छ।
भेटमा महासंघका विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, सल्लाहकार ज्योत्सना श्रेष्ठ, महासचिव निरबहादुर विश्वकर्मा, कार्यसमिति सदस्य प्रसुन जलान, कार्यालय प्रमुख राम महर्जन साथै नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामु सहभागी थिए।
Shares

प्रतिक्रिया