राजनीति


मानव अधिकार आयोगले भन्यो: रवि लामिछानेलाई राखिएको कोठामा हावा पास हुँदैन, शौचालय खुला छ

मानव अधिकार आयोगले भन्यो: रवि लामिछानेलाई राखिएको कोठामा हावा पास हुँदैन, शौचालय खुला छ

नेपालखबर
साउन २७, २०८२ मंगलबार १५:१०, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास हुने अवस्था नभएको बताएको छ।  

आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार गरेको निरीक्षण तथा अनुगमनपछि आज विज्ञप्ति जारी गर्दै आयोगले कारागारमा लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाइले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको बताएको उल्लेख गरेको हो।  

'रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको,' विज्ञप्तिमा उल्लेख छ, 'बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको छ।'

लामिछानेलाई कोठाबाहिर हिँडडुल गर्न नदिएको विषय पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।  

'कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदा समेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ' आयोगले भनेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad