समाज


आरडीटी पोजेटिभ काभ्रेका दुवै युवकको पीसीआर रिपोर्ट नेगेटिभ

आरडीटी पोजेटिभ काभ्रेका दुवै युवकको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार २:६,

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएका काभ्रेका दुई युवकको पीसीआर परीक्षण रिपाेर्ट नेगेटिभ अर्थात् कारोना संक्रमण नभएको आएकाे छ।

काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार धुलीखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा दुवै युवकमा कोरोना भाइरस नरहेको (नेगेटिभ) पाइएएको हो।

काभ्रेको बेथानचोक–५ का २८ वर्षीय युवक गत चैत ९ गते भारतबाट स्वदेश आएका थिए भने मण्डनदेउपुर नगरपालिक–३ का युवक गत चैत ७ गते दुबईबाट फर्किएका थिए।

आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवकको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परिक्षण गरिएको थियो। त्यस क्रममा उनीहरू कोरोना संक्रमित नभएको पुष्टि भएको हो। अहिलपे दुवै जना धुलीखेल अस्पतालकै आइसोलेसनमा उपचार गराइरहेका छन्।

यस्तै दुई जनामा कोरोना संक्रमण देखिएको काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टबाट धुलिखेल पुगेका एक व्यक्तिमा पनि कोरोना संक्रमण नभएको पाइएको छ। एनको नमुना पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad