समाज


कोरोना संक्रमितको उपचारमा खटिएकी नर्ससहित परिवारका तीन जना संक्रमित

कोरोना संक्रमितको उपचारमा खटिएकी नर्ससहित परिवारका तीन जना संक्रमित

शैलेन्द्र समदर्शी
बैशाख ४, २०७७ बिहिबार २:४,

दार्जिलिङमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितहरूमध्ये एकजना उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटलकी स्वास्थ्यकर्मी (नर्स) हुन्। उनकी आमा र पतिमा पनि संक्रमण देखिएको छ।

यद्यपि यी नर्सका दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको छ। अहिले संक्रमित तीनैजना सिलगढ़ीको मतिगढ़ास्थित डा।.च्याङ सुपर स्पेशालिटी हस्पिटलमा उपचार गराइरहेका छन्।

स्मरण रहोस्, यी नर्स कोरोना भाइरसकै कारण मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी थिइन्। ती महिलाकै सम्पर्कमा आएपछि उनी कोरोना संक्रमित बनेको अनुमान गरिएको छ।

उत्तर बंगाल मेडिकल कलेज एवं हस्पिटल सूत्रका अनुसार नर्सका पतिको रिपोर्ट मंगलबार र आमाको रिपोर्ट बुधबार पोजिटिभ आएको हो।

यसभन्दा अघि पनि यसै मेडिकल कलेजकी अर्की नर्समा पनि कोरोना संक्रमण देखिएको थियो। अहिले उनी पनि डा. च्याङ सुपर स्पेशालिटी हस्पिटलमा उपचार गराइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .