छापा खबर


आमाको मृत्यु हुँदा पनि दार्चुला प्रशासनले घर आउन दिएन, भारतीय क्वारेन्टाइनमै किरिया

आमाको मृत्यु हुँदा पनि दार्चुला प्रशासनले घर आउन दिएन, भारतीय क्वारेन्टाइनमै किरिया

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार २:१८,

मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्।

क्वारेन्टाइनको बसाइ सकेर घर आउने दिनको पर्खाइमा रहेकै बेला भट्टले आमालाई गुमाएका छन्।

नेपाल आउन नपाएपछि उनी आमाको अन्त्येष्टिमा सहभागी हुन पाएनन्। घरमा आमा गोमतीको मृत्यु भएको खबर उनले मंगलबार पाए।

उनी मंगलबारदेखि नै भारतीय क्वारेन्टाइनमा आमाको किरियामा बसेका खबर नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्यालले लेखेका छन्।

‘मेरा लागी दशा आएछ, आफ्नै भूमिमा जान नपाउँदा आमाको दाहासंस्कार पनि गर्न पाइनँ’, उनले भने, ‘भारतीय प्रहरीले जान दिन्छौं भनेका छन् तर आफ्नै देशबाट अनुमति नपाउँदा रोकिएको छु।’

आमाको मृत्युको खबर पाएपछि मर्माहत उनले पौडेरै भए पनि महाकाली नदी पार गरेर घर आउने सोच बनाएका थिए। तर नेपाली पक्षको अनुमति नपाउँदा भारतीय पक्षले छाड्न नमानेकाले क्वारेन्टाइनमै किरिया बस्न बाध्य भएको उनले बताए।

आमाको मृत्यु भएपछि घर आएर किरिया गर्ने वातावरण बनाइदिन दार्चुलाका नेतालगायतलाई आफूले हारगुहार गरे पनि सुनुवाइ नभएको उनले बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले भट्टलाई परेको समस्याबारे जानकारी पाएपछि उनलाई घर ल्याउने वातावरण बनाउन पहल भइरहेको बताए।

कुँवरले भारतीय क्वारेन्टाइन क्षेत्रका उपजिल्ला अधिकारीलाई पत्र पठाएर भट्टलाई घर ल्याउने प्रक्रिया सुरु गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad