बागमती


साउन २७ गते विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी

साउन २७ गते विश्वासको मत लिने मुख्यमन्त्री बानियाँको तयारी

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १४:२३, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्।

एमाले-कांग्रेस गठबन्धनबाट यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

त्यसअघि साउन २७ गते नै उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम संसद्‌बाट विश्वासको मत लिन लागेका हुन्। 

यस प्रयोजनका लागि त्यस दिन बस्ने गरी संसद् बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई भनेका छन्।

सभामुख पाठकले छलफल गरेर मिति तय भए पनि औपचारिक पत्र प्राप्त हुने क्रममा रहेकाले  सोहीअनुसार संसद्‌को बैठकको समय निर्धारण गर्ने तयारी रहेको बताएका छन्। 

कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थिए। दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad