युक्रेनमा युद्धविराम गर्न रुसको सहमतिका लागि शुक्रबारको समयसीमा अगाडि अमेरिकी राजदूत स्टिभ विटकफले आज (बुधबार) रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।
रुसी मिडिया रिपोर्टका अनुसार, बुधबार बिहान रुस आइपुगेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत विटकफले पुटिनसँग तीन घण्टासम्म वार्ता गरे।
रोयटर्सको रिपोर्टअनुसार, पुटिनका एक सहयोगीले बैठकलाई ‘उपयोगी र रचनात्मक’ भनेका छन्।
क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उसाकोभले रुस र अमेरिकाबीच रणनीतिक सहयोग विकास गर्ने सम्भावनाबारे छलफल भएको बताएका छन्।
अमेरिकाका राष्ट्रपति ट्रम्पले यदि रुस युक्रेनसँग युद्ध अन्त्य गर्न सहमत भएन भने उसले भारी प्रतिबन्ध सामना गर्नुपर्ने चेतावनी दिएका छन्। साथै उनले रुससँग व्यापार गर्ने देशहरूविरुद्ध समेत प्रतिबन्ध लगाउने बताएका छन्।
Shares

प्रतिक्रिया