ट्राफिक प्रहरीले लकडाउनका क्रममा सवारी पासको दुरुपयोग गरेको भन्दै १ हजार ८ सय ४६ सवारी साधनमाथि कारबाही गरेको छ। ति सवारी साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
निश्चित प्रयोजन र समायबधीका लागी भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई कारबाही गरिएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए। उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अबस्था हेर्न, पास छ भनेर शान देखाउँदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएका भन्दै अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने बताए।
हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड गरिएको छ। त्यसै गरी लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।
लकडाउनको अबधीमा मापसे गरि सवारी चलाउने, तिब्रगतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अबधीभर होल्ड गरिने उनले बताए।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको छ।
प्रतिक्रिया