समाज


४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि २४ जना सर्टलिस्टमा छनोट(सूची)

४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि २४ जना सर्टलिस्टमा छनोट(सूची)

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार १६:३५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएकामध्ये २४ जनालाई सर्टलिस्टमा राखेको छ। 

मन्त्रालयले ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएकामध्ये २४ जनाको सूची मंगलबार प्रकाशन गरेको हो।

मन्त्रालयले सूचीमा परेकाहरूलाई साउन २२ र २३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका बोलाएको छ।

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व लिन ५५ जनाले आवेदन दिएका थिए। मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि प्रत्येक प्रतिष्ठानमध्ये ६-६ जनालाई सटलिस्टमा राखेको छ।

४ प्रतिष्ठानमा उपकुलपति पद गत चैतदेखि रिक्त छन्। उपकुलपतिविहीन भएको २ महिनापछि गत जेठ १४ गते चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो। 

समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad