समाज


कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

नेपालखबर
साउन १९, २०८२ सोमबार १८:३७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।  

परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ। नियमिततर्फ २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त भएका छन्।  त्यस्तै आंशिकतर्फ ४१ हजार ८४० जना ग्रेड प्राप्त गरे। नियमिततर्फ ६१ दशमलब १७ प्रतिशत, आंशिकतर्फ ३६ दशमलमले ४९ ग्रेड ल्याएका छन्। 

सबैभन्दा धेरै २८ हजार ३५६ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्।  

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।

परीक्षामा १३ हजार ५०२ विद्यार्थीले ४ जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा वोर्डले आज सार्वजनिक गरेको नजिता अनुसार ३.६ देखि ४ जीपीए १३ हजार ५०२ विद्यार्थीले ल्याएका हुन्।

नजिता अनुसार २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने सबै भन्दा बढी विद्यार्थी छन्। यस बर्ष ९४ हजार २६८ जना विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्।

२.४ देखि २ दशमलव ८ प्रतिशत ६९ हजार ८ सय १२ जना उर्तिण भएका छन्। ३.२ देखि ३.६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन्। २.१ देखि २ .४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छ। १.६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन्। १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रड भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad