समाज


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा ‘एक्रिडिटेसन’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा ‘एक्रिडिटेसन’

नेपालखबर
साउन १८, २०८२ आइतबार १५:३३, काठमाडौँ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेसनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीजबाट ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेसन (प्रत्यायन) प्राप्त गर्दै नेपालकै सबैभन्दा ठूलो प्रमाणित खाद्य प्रयोगशालाको मान्यता पाएको छ।

विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल गरी कुल ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन प्रमाणपत्र  गरेको जानकारी दिए।

उनकाअनुसार नेपाल र भारतबीच भएको समझदारीअन्तर्गत भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डड्र्स अथोरिटी अफ इण्डियाले २०८१ चैत्र २२ मा परीक्षण गरी जारी गरिने प्रमाणपत्र र खाद्य गुणस्तर तथा स्वच्छता निर्यात प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको हो।

प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा र ताजा फलफूल तथा तरकारी जस्ता ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशालाको प्रमाणपत्रलाई मान्यता दिने निर्णय लिएको छ। 

उनले २२ वटा खाद्य तथा दाना समूहहरू अन्तर्गत प्रयोगशालामा परीक्षण हुने सबै प्रकारका केमिकल तथा माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरहरूमा पनि प्रत्यायन प्रमाणपत्र प्राप्त गरिएको बताए।

यो उपलब्धिले नेपाललाई खाद्य परीक्षणको अन्तर्राष्ट्रिय विश्वसनीयता प्राप्त राष्ट्रको रूपमा स्थापित गर्ने दिशामा सहयोग पुर्‍याउने महर्जनको विश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad