लागुऔषध नियन्त्रण ब्युरोले प्रतिफल दिन नसकेका २३ जना प्रहरी अधिकारीलाई ब्युरोबाट फिर्ता पठाएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले कार्यालयको कार्यप्रकृतिअनुरूप नतिजा दिन नसक्ने कर्मचारी क्रमिकरूपमा पहिचान गरेर छाँट्ने काम भइरहेको बताए।
'म हाजिर हुँदा २२४ जना कर्मचारी थिए। कार्यालयको कार्यप्रकृतिअनुरूप नसुहाउँदा अर्थात् नतिजा दिन नसक्ने कर्मचारीहरू क्रमिकरूपमा पहिचान गरेर छाँट्ने काम गर्दै छौँ,' उनले भने, '२४–२५ जनालाई पठाइसकेका छौँ। ड्युटी सजिलो हुन्छ, युनिफर्म लगाउन पर्दैन त्यो हिसाबका मान्छेहरू पनि जम्मा भएर बस्नेखालको प्रवृत्ति देखिएका त्यस्तालाई फिर्ता गर्दै छौँ।'
उनका अनुसार, ब्युरोको दरबन्दी ७८ जना छ। त्यसमध्ये हाल ५१ जना प्रहरी दरबन्दीका छन्। बाँकी १५० जना कर्मचारी विभिन्न अन्य युनिटबाट दरबन्दी भई काजमा खटाइएका छन्।
Shares

प्रतिक्रिया