समाज


६४ लाख थान पासपोर्ट आपूर्तिका लागि दुई कम्पनीसँग सम्झौता

६४ लाख थान पासपोर्ट आपूर्तिका लागि दुई कम्पनीसँग सम्झौता

नेपालखबर
साउन १५, २०८२ बिहिबार १५:४६, काठमाडौँ

विगत १५ वर्षदेखि एमआरपीदेखि विद्युतीय राहदानीसम्म छपाइ गर्दै आएको फ्रेन्च कम्पनी ‘आईडीईएमआई’ले अब त्यो काम नपाउने भएको छ।

रहादानी विभागले ६४ लाख थान पासपोर्ट छाप्न दुई वटा जर्मनी कम्पनीसँग सम्झौता गरेसँगै गरेको छ। विभागले पासपोर्ट खरिदलाई दुई प्याकेजमा बाँडेर दुवै कम्पनीसँग सम्झौता गरेको हो। 

विभागले सबै कानुनी र प्राविधिक आधारहरुलाई पछ्याएर पहिलो प्याकेजमा म्युहलबौयर आइडी सर्भिस जीएमबीचएचलाई जिम्मेवारी दिएको हो। उस्ले १ अर्ब ५५ करोड ३८ लाख रुपैयाँको ठेक्का पाएको हो।

उक्त ठेक्का सम्झौतामा म्युहलबौयर आइडी सर्भिसका सिनियर क्न्ट्रयाक्ट हेड गेरहेड मौरर र विभागका महानिर्देशक तीर्थराज अर्यालले हस्ताक्षर गरेका छन्।

दोस्रो प्याकेजमा भेरिडोसको तर्फबाट फ्याबिओला र विभागका महानिर्देशक अर्यालले नै हस्ताक्षर गरको हुन्। सम्झौतासँगै दुबै कम्पनीले ८ महिनामा पासपोर्ट र सिस्टम दुबै तयार पारेर विभागलाई उपलब्ध गराउने छन्।

२०८१ को मंसिरमा दुईवटा प्याकेजमार्फत विभागले ६४ लाख राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको थियो। प्याकेज १ मा ‘स्टिम इन्क्लुडिङ प्रि- इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी’ को काम रहेको छ भने प्याकेज २ मा ‘बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ’ रहेका छन्। 

टेन्डरमा प्याकेज एकमा २ वटा र प्याकेज २ मा ४ वटा कम्पनी प्राविधि रुपमा पास भएका थिए। विभागले फागुनमा खोलको बोलपत्रबाट फ्रान्सेली कम्पनी आईडीईएमआईए र जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिस जीएमबीचएच प्राविधिक रुपमा सफल भएका थिए।

प्राविधिक रुपमा असक्षम भएको भन्दै आईडीईएमआईए बाहिरिएपछि स्वतः प्याकेज-१ अन्तर्गत आर्थिक प्रस्तावमा म्युहलबौयर आइडी सर्भिस जीएमबीचएचले नेपाली रुपैयाँ १ अर्ब ५५ करोड ३८ लाख रुपैयाँको ठेक्का पाएका हुन्।

यसैगरी प्याकेज २ अन्तर्गतको कामका लागि फ्रान्सेली कम्पनी आईडीईएमआईए, जर्मन कम्पनी भेरिडस, जर्मन कम्पनी म्युहलबौयर र पोल्याण्डको पीडब्लू पीडब्लूले आवेदन दिएका थिए। 

आवेदन दिएका सबै कम्पनी प्राविधिक रुपमा पास भएका थिए। प्रावधिक रुपमा पास भएका कम्पनीहरूमा भेरिडोसले बाजी मारेको थियो। 

नेपालमा ई-पासपोर्ट विद्युतीय राहदानी छपाइको काम ०७८ मंसिर १५ देखि सुरु भएको हो। सन् २०२० मा २० लाख पासपोर्ट छाप्ने ठेक्का सम्झौता पाएको उक्त कम्पनीले सम्झौता भन्दा ३१ लाख बढी पासपोर्ट छापिसकेको छ।

कम्पनीसँग भेरिएसनमार्फत १५ प्रतिशत बढीसम्म पासपोर्ट छपाइ गराउन सक्ने भए पनि यो कम्पनीले विगतमा राहदानी विभाग, परराष्ट्र मन्त्रालयसँग २ पटकसम्म भेरिएसन गरेर ५१ लाख पासपोर्ट छाप्न भ्याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad