समाज


रास्वपा बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुरमा निधन

रास्वपा बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुरमा निधन

नेपालखबर
साउन १४, २०८२ बुधबार २०:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका सभापति विपिन पौडेलको निधन भएको छ। 

५१ वर्षीय पौडेलको मंगलबार चेन्नईबाट परिवारका सदस्य र साथीहरूसहित सिंगापुर जाँदै गर्दा क्रुजमै हृदयघात भएर निधन भएको रास्वपाले जनाएको छ। 

बुधबार भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले पौडेलप्रति श्रद्धाञ्जली प्रकट गरेको प्रवक्ता मनीष झाले जनाएका छन्। 

बैठकपछि प्रवक्ता झाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्ला सभापति विपिन पौडेलज्यूको सिङ्गापुर भ्रमणको क्रममा हिजो राति असामयिक अप्रत्याशित देहान्तप्रति संसदीय दलको बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस दुखद घडीमा परिवारको साथमा रहेको कुराको मनन गर्‍यौँ।’

पार्टीका अनुसार पौडेलको पार्थिव शरीर भोलि नेपाल ल्याइनेछ।

भैरहवास्थित रमादा होटेलमा बसेको संसदीय दलको बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले समसामयिक राजनीतिकबारे चर्चा गर्दै मन्त्रीहरू भ्रष्टाचारको मुद्दामा मुछिएको विषय लगायत, पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानबारे जानकारी गराएका थिए। 

यस्तै, उपसभापति स्वर्णिम वाग्लेको प्रस्तावमा प्रतिनिधिसभामा रास्वपाले उठाइरहेको भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी जस्तो सङ्गठित अपराधमा आवश्यक न्यायिक वा संसदीय छानबिन समितिको माग सहितको विरोध जारी राख्ने निर्णय बैठकले गरेको प्रवक्ता झाले बताए।

सदनमा र संसदीय समिति हरूमा विभिन्न विधेयकहरूमा भइराखेको छलफल त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हुनुपर्ने सहभागिता र थप सक्रियताको बारेमा बैठकमा छलफल भएको उनले जानकारी दिए। 

यस्तै, देशभित्र र प्रवासमा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको सहभागिता सक्रियता र उपस्थितिहरूलाई अझै प्रभावकारी बनाउने सक्रियता बढाउनेबारे पनि बैठकमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad