नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेको छ।
बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गरेको हो।
श्रेष्ठलाई अध्यक्ष पदसँगै साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको पार्टी अनुशासन समितिका संयोजक रामलाल डंगौरा थारूले जानकारी दिए।
अनुशासन समितिले पेस गरेको प्रस्तावलाई भेलाले बहुमतका साथ पारित गरेको संयोजक थारुले बताए।
‘बहुमत सदस्यको निर्णयअनुसार अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण मागिएको थियो,’ संयोजक थारूले भने, ‘तर, उहाँले न स्पष्टीकरण दिनुभयो, न भेलामा सहभागिता जनाउनुभयो। त्यसपछि अनुशासन आयोगको प्रस्तावमा उहाँलाई अध्यक्षबाट हटाउने निर्णय अनुमोदन गरिएको हो।’
भेला जारी रहेको र भोलि अध्यक्षसहित सबै पदाधिकारीको टुंगो लगाउने उनले बताए।
Shares

प्रतिक्रिया