समाज


बाँच्न पाउने हकको आवाज उठाइदिन मानवअधिकार आयोगलाई अनसनरत भट्टराईको आग्रह

बाँच्न पाउने हकको आवाज उठाइदिन मानवअधिकार आयोगलाई अनसनरत भट्टराईको आग्रह

नेपालखबर
साउन १४, २०८२ बुधबार २०:२८, काठमाडौँ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्यूनीकरण गर्ने आफ्नो मागहरू पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन्।

आइतबारबाट माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले यस्तो आह्वान गरेका हुन्।

उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघसंस्थालाई आग्रह पनि गरे। 

उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए।

प्रमुख भट्टराईले अनसनरत स्थानको सुरक्षा व्यवस्था चुस्त बनाउन समेत माग गरे। उनले आफ्नो सत्याग्रहप्रति राज्यलाई विश्वस्त पार्न प्रतिनिधि पठाईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह पनि गरे। 

उनले भने, ‘म आफ्ना मागहरू पुरा नभए देहत्याग गर्न तयार भएको अवस्थामा आँखा छलेर वा घाम अस्ताएको बेला केही खाएको छैन, खानु हुँदैन। केही मूलभूत सिद्धान्त हुन्छन्। त्यसकारण मेरो सत्याग्रहको पारदर्शिताका लागि एक जना प्रतिनिधि पठाइदिन आग्रह गरेको छु। वार्ता समितिलाई पनि मेरो मान्यता, भावना र संस्कारविपरित हुने भएकोले किसान बचाउने, हिमाल बचाउने, पर्यावरण बचाउने र धर्म तथा संस्कृति बचाउने मेरो नेतृत्वको स्थानीय सरकारको भावनालाई ठेस पुग्ने गरी वार्तामा बस्ने संघीय समितिका प्रतनिधिहरूले मेरा ठोस माग पूरा गर्नेबाहेक अनावश्यक बार्गेनिङ नगरिदिन हुन अनुरोध गर्न चाहन्छु।’

भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताउनु उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad