काठमाडौँको बुढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन्।
बुढानीलकण्ठ नगरपालिका-१३ स्थित निर्माणाधीन घरको मुख्य ढोकाअगाडि खोटाङ घर भएका ५० वर्षीय राजकुमार राई बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनी घटनास्थल नजिकै बस्दै आएका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
135
Shares

प्रतिक्रिया