नेपाल-चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गएराति आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडक खण्ड पुन: अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउने काम सुरु भैसकेको स्थानीय प्रशासनले जनाएको छ।
त्यसैगरि बाढीको कटानले सडकमार्ग क्षति भएका कारण सानाठूला सबै प्रकारका सवारीसाधन रोकिएका छन्।
अहिले टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको समेत प्रजिअ पौडेलले जानकारी दिए।
ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै गएको छ भन्ने जानकारी गए रातिनै तटीय क्षेत्रमा गराइएको पनि पौडेलले बताए।
Shares

प्रतिक्रिया